काठमाडौं– सनराइज बैंकको प्रदेश ५ को प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरेको छ ।
साथै बी.पी. कोइराला स्वास्थ्य विज्ञान संस्थान धरानका प्राध्यापक डा. गौरी शंकर शाहलाई बैंकका प्रदेश १ का प्रादेशिक कार्यालयको प्रमुख विबेक निरौलाले ३३ थान पीपीई हस्तान्तरण गरे ।
हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ५०० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।


















