आफूलाई जनप्रतिनिधि भएकोमा लज्जाबोध : गगन थापा

167

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले लकडाउनका कारण अलपत्र परिरहेका मजदूर र अन्य मानिसहरु हिँडेर घरतर्फ लागिरहेको तस्बिर सामाजिक सन्जालमा पोष्ट गर्दै सरकारले उचित व्यवस्थापन गर्न नसक्दा आफूलाई जनप्रतिनिधि भएकोमा लज्जाबोध भएको जनाएका छन्।

लकडाउनका कारण अलपत्र परेपछि सयौँ किलोमिटर दूरीमा रहेको आफ्ना घर पैदलै फर्किरहेका उनीहरुलाई उचित व्यवस्थापन गर्न सरकारलाई थापाले आह्वान पनि गरेका छन्। त्यसका लागि आफूहरु पनि मिलेर काम गर्न तयार रहेको उनको धारणा छ।

थापाले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै  लेखेका छन्- दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ? मलाइ त म यिनको प्रतिनिधि हो भन्ने सोच्दा लज्जाबोध हुन्छ। यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ! केही नगर्ने हो भने यिनका आँसुले पोल्नेछ। यिनको व्यवस्थापनका उपाय छन्। हामी छलफल गर्न चाहन्छौं। बोलाउनुस्,मिलेर काम गरौँ।

सरकारले दैनिक ज्यालादारी मजदूरी गर्ने, असहाय लगायतलाई राहतको प्याकेज ल्याएपनि काठमाडौं लगायत विभिन्न ठाउँमा अलपत्र परेका  मानिसहरु दैनिक हजारौँको संख्यामा पैदल हिँडेर घरतर्फ फर्किरहेको र थकित भएर बाटोमा सुतिरहेका तस्बिरहरु सार्वजनिक भएका छन्।

सरकारले यो राहत व्यवस्थापन र वितरणको जिम्मा स्थानीय निकायलाई दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here