कम्युनिष्ट आवरणमा लुटेराहरुको सरकार !

82

–प्रीति रमण

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सकियोस् भनेर सरकारले देशब्यापी रुपमै लक डाउन गरेको आज २५ औं दिन भयो । बिदेशबाट आएका एउटा संक्रमित ब्यक्ति देखिए पछि सुरु भएको लक डाउनले पनि संक्रमणको प्रकोपलाई कमगर्न सकिरहेको छैन । यी हरफहरु लेख्न बस्दाको अवस्थासम्ममा ३० जना मानिसमा कोरोना पोजिटिभ देखिएको छ । यो अवस्थाबाटै स्पस्ट हुन्छ कि लक डाउन गरिनु मात्र संक्रमण रोक्ने उपाय बिल्कुलै होइन रहेछ ।

लक डाउनको आदेश जनताले अत्यन्तै अनुशासित भएर पालन गरिरहेका छन् । दैनिक मजदुरी गरेर छाक टार्दै जीवन गुजारा गर्दै आएकाहरु पनि सरकारको लक डाउनको आदेश सकिए पछि काममा जान पाई हालिन्छ भनेर तोकिएको मिति सकिने पर्खाईमा भोकभोकै दिनहरु बितारहेका होलान् भनेर अनुमान गर्न बिवेक भएको मानिसलाई कठिन छैन । तर सरकारले लक डाउनको अवधि पटक –पटक गरि तीनपटक बढाउँदै आईरहेकोछ । लक डाउनको आदेश जारी गर्नु मात्रै सरकारले आफ्नो महान कार्य ठानिरहेको देखिन्छ । लक डाउनको आदेशबाट जनताले कति शास्ती भोग्नु परिरहेको छ भन्ने कुरातर्फ सरकारको पटक्कै ध्यानाकर्षण भएको अनुभूती जनतामा गराउन सरकार सफल हुन सकिरहेको छैन । दैनिक रोजगारीबाट जीवन चलाउँदै आएका जनताका लागि यति लामो अवधिको लक डाउन अवस्थालाई सामान्य मान्न सकिदैन ।

कोरोनाबाट मरिएला भन्ने डर अब मानिसहरुमा क्रमिक रुपमा हराउँदै गैरहेको छ ।  जनता लामो दुरीको पैदल यात्रा गरेर आ–आफ्ना घरतर्फ लागिरहेको दृश्यले नै जनताको मनस्थितिलाई बुझ्न सजिलो बनाइदिएको छ । समस्यामा नपरेर यत्रो कष्टपूर्ण र जोखिमपूर्ण पैदल यात्रा रोज्न कसैलाई रहर हुन्न भन्ने कुरा सरकारले बुझ्न नसक्नु दुखद पक्ष हो ।

सरकारले कोरोनाको बहानामा लक डाउन नामको कफ्र्यू आदेश जारी गरिरहेको जस्तो महशुस हुन थालेको छ । सरकारले कमिशन आउने खालका सबै कामहरुलाई निरन्तरता दिइरहेको छ । सडक निर्माणका कामहरु धमाधम भैरहेका छन् मने धरहरा निर्माणको कामले पनि निरन्तरता पाइरहेको छ । यथार्थमा भन्ने हो भने जनतालाई घरभित्र कैद गरेर सरकारले बिरोधको सामना गर्न नपर्ने गरी कमिशनखोरी कामहरुलाई महत्वका साथ ध्यान दिएको छ । सरकारले बेरोजगार जनतालाई राहत उपलब्ध नगराएर किन कमिशनखोरी कामहरुमा मात्र ध्यान दिइरहेको छ भन्ने जिज्ञाशा आम जनमानसमा पैदा भएको छ ।

सडकमा ठेला गुडाएर तरकारी र फलफुल जनताका घर घरमा पु¥याउनेहरुलाई प्रहरीले निर्ममताका साथ लाठी चार्ज गरेका दृश्यहरु टेलिभिजनहरुबाट निकै महत्वका साथ प्रशारण गरेर त्यस्ता ब्यापारीहरुलाई सडकबाट बिस्थापित नै गर्ने काम भए । त्यसपछि टाृल टोलमा रहेका साना पसलहरुलाई बिहान केहीछिनका लागि मात्रै पनि खोल्न नदिने ब्यवहार प्रहरीहरुबाट गरियो । यस्ता पसलहरुबाट न्यून अमय भएका ब्यावशायीहरुका साथै स्थानीयस्तरका जनताले पनि केही सस्तो मूल्यमा सामन पाउन सक्ने भएको थियो । तर सरकारले यस्ता पसलहरु बन्द गराएर भाटभटेनी सुपर मार्केटलाई १२ घन्टासम्म खोल्ने अनुमति दिएको छ । भाटभटेनीबाट सामान खरिद गर्दा कोरोनाको संक्रमण नहुने त पक्कै पनि होइन होला !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here