गलत समाचार प्रकाशितप्रति डाक्टर पुनको ध्यानाकर्षण

56
काठमाडौं  – डाक्टर शेरबहादुर पुनले आइतबार सञ्चार माध्यममा प्रकाशित सामग्रीले आफ्नो ध्यानाकर्षण भएको र विकसित घटनाक्रमलाई आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएको स्पष्टीकरण दिनुभएको छ। 
डाक्टर पुनद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘उक्त पत्रानुसार मलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड १९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्‍याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा छ।’ साथै उहाँले आइतबार मन्त्रालयका सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरेको पनि जानकारी दिनुभएको छ ।
उहाँले आफ्नो हाजिरी टेकु अस्पतालमै हुने र बोलाएको बेला अस्पताल आएर कोभिड–१९ विरुद्धको अभियानमा सघाउ पुर्‍याउने जनाउनुभएको छ ।
डाक्टर पुनले पनि आइतबार नै रामशाहपथस्थित मन्त्रालय पुगेर स्वास्थ्य मन्त्री भानुभक्त ढकाललगायतलाई भेट्नुभएको थियो ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख मेडिकल अधिकृत डाक्टर शेरबहादुर पुनलाई कोरोना भाइरस नियन्त्रणका लागि मन्त्रालयले चालेको कदमका लागि सहयोग पुर्‍याउन बोलाएको स्पष्ट परेको छ । कोरोना भाइरसको अपडेटका लागि आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव तथा प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले मिडियाले अनर्गल प्रचार गर्दै स्वास्थ्य मन्त्री र मन्त्रालयका अधिकारी चरित्रहत्या गर्ने प्रयास गरेको आरोप लगाउँदै आइन्दा यस्तो नगर्न पनि चेतावनी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here