काठमाडौं – वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदान प्रदार र भुतानीको अग्रणीले आज अन्नपूर्ण ट्राभल ए टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेको छ ।
एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालका ग्राहकहरुलाई आफ्नो घरबाट बाहिर ननिस्की आफ्ना प्रियजनहरुले पठाएको रकम प्राप्त गर्न समर्थन गर्दछ । सरकारले नागरिकहरुको सुरक्षाका लागि कोभिड—१९ लकडाउन र प्रतिबन्ध लागू गरेपछि अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले उनीहरुको रकम घरमै पु¥याउने भएको छ । होम डेलिभरी सुविधा आईतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुनेछ ।
वेस्टर्न युनियन, ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराहले भन्नुभयो, “हामी र हाम्रा एजेन्टहरुले पैंसाहरु जहाँ र जहिले आवश्यक परेको स्थानहरुमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्छौं । एक उद्देश्यद्वारा संचालित ग्लोबल कम्पनीको रुपमा हाम्रो जनादेश विश्वव्यापी समुदायहरुको सेवा गर्ने हो र यसको अर्थ डिजिटल्ली सक्षम समुदायलाई मात्र नभए अफलाईन समुदायहरुलाई पनि नविनतम तरिकाले सेवा गर्नु हो । यो साझा उद्देश्य वर्तमान समयमा सत्य हो।”
“ग्राहकहरुको घर घरमा पैंसा डेलिभर गर्ने यो नयाँ एजेन्ट सर्भिसको थालनीले नागरिकहरुमा नगदको पहुँच पु¥याउँछ र बैंक खाता नभएकाहरु सहित ठुलो संख्यामा ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान गर्दछ”, फराहले भन्नुभयो ।
अन्नपूर्ण ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक नवराज घिमिरेले भन्नुभयो,“हामी जिम्मेवारपूर्वक हाम्रो ग्राहकहरुका सेवाका लागि तयार रहेको सुनिश्चित गर्न सकेसम्म सबै सम्भव प्रयास गर्न प्रतिबद्ध छौं । यो जारी अवस्था र जुन गतिमा हाम्रा वरिपरि चीजहरु परिवर्तन भइरहेका छन् हामी हाम्रो संचालनलाई अनुकूल गर्दै ग्राहकहरुलाई आफ्नै घरबाट आरामसँग रकम प्राप्त गर्न सक्षम बनाइरहेका छौं।”
यसैगरी हुलास रेमिटान्सका निर्देशक हेमन्त गोल्छाले भन्नुभयो, “हामी बुझ्दछौं कि परिस्थिति मुसकिल छ र यो कठिन समयमा हामी ग्राहकहरुलाई वैकल्पिक समाधानहरु प्रदान गर्न पाउँदा खुशी छौं । हाम्रो नयाँ घर घरमा मनि ट्रान्सफर डेलिभरी सेवाले नागरिकहरुमा नगदको पहुँच सुनिश्चित गर्दछ र बैंक खाता नभएकाहरु सहित व्यापक ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान गर्दछ, ।”
नजिकैको शाखा कसरी पत्ता लगाउने ?
एकपटक प्रेषकद्वारा पैंसा पठाएको जानकारी प्रापकले प्राप्त गरेपछि उनीहरुले अन्नपूर्ण ट्राभल एण्ड टुर्स वा हुलास रेमिटान्समा सम्पर्क गरेर नजिकैको शाखा पत्ता लगाउन सक्नेछन् ।
कल सेन्टरको नम्बरहरु निम्न रहेका छन् :
अन्नपूर्ण ट्राभल एण्ड टुस : ०१४२२३५३०
हुलास रेमिटान्स : ९८५१०१९९७३
उक्त अनुरोध एजेन्टका होम डेलिभरी टिमलाई पठाइनेछ । एजेन्टका प्रतिनिधिहरुले ग्राहकलाई सम्पर्क गरेर होम डेलिभरी प्रक्रियालाई अगाडि बढाउन परिचय पत्रको प्रतिलिपि व्हाटस्एप गर्न र सम्बन्धित सम्पूर्ण जानकारी प्रमाणित गर्न अनुरोध गर्नेछन् ।
एकपटक विवरण प्राप्त र प्रमाणित भएपछि, एजेन्टा प्रतिनिधिहरु प्रापकको घरमा रकमसहित पुग्नेछन् ।
रकम हस्तान्तरण गर्नु अगाडि, एजेन्टका प्रतिनिधिले प्रापकको सक्कली परिचयपत्रसँग प्रमाणित गर्नेछन् । सफल प्रमाणिकरण पश्चात एजेन्टको प्रतिनिधिले ट्रान्जेक्शन रिसिप्टमा हस्ताक्षर गराएर रकम हस्तान्तरण गर्नेछन् ।
वेस्टर्न युनियनको बारेमा
द वेस्टर्न युनियन कम्पनी क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदान प्रदार र भुतानीको विश्वव्यापी अग्रणी कम्पनी हो ।
द वेस्टर्न युनियन ओमनीच्यानल प्लाटफर्मले डिजिटल र भौतिक विश्वलाई जोडदै उपभोक्ता र व्यावसायीहरुलाई तीव्र गतिमा, सहज र भरपर्दो माध्यमबाट रकम पठाउन र प्राप्त गर्न सम्भव बनाएको छ । सन् २०१९ डिसेम्बर ३१ सम्म द वेस्टर्न युनियन नेटवर्कमा २०० भन्दा बढि देशहरु र क्षेत्रहरुमा अरबौं खाताहरुमा पैंसा पठाउने क्षमता सहित ५५०,००० रिटेल एजेट स्थानहरु समावेश गरिसकेका छन् । यसका साथै westernunion.com सन् २०१९ मा तीव्र गतिमा वृद्धि भइरहेको च्यानल विश्वभर रकम पठाउन ७५ भन्दा बढि देशहरु, थप क्षेत्रहरुमा उपलब्ध छ । द वेस्टर्न युनियन विश्वभर पहुँचसँगै वेस्टर्न युनियनले परिवारलाई, साथीहरुलाई र व्यवसायलाई जोडदै, वित्तिय समावेशिकरण र आर्थिक वृद्धिमा समर्थन गर्ने राम्रो कामका लागि रकम आदानप्रदान गर्दछ । थप जानकारीका लागि www.westernunion.com हेर्नुहोस् ।
अन्नपूर्ण ट्राभल एण्ड टुर्सका बारेमा
अन्नपूर्ण ट्राभल नेपालको केन्द्रिय बैंकबाट स्वीकृत पहिलो रेमिटान्स कम्पनी हो । यसले सन् १९९६ देखि वेस्टर्न युनियन मनि ट्रान्सफर सेवाहरु प्रदान गर्दे त्यस बेलादेखि वेस्टर्न युनियनका ग्राहकहरुको सन्तुष्टिका लागि सेवा पु¥याइरहेको छ ।
अन्नपूर्ण ट्राभलसँग ३००० पेआउट स्थानहरु छन् जस्तै निजि कम्पनीहरु, सहकारी तथा वित्तिय संस्थाहरु सहित बैंक र उनीहरुका शाखाहरु अन्नपूर्ण ट्राभल नेटवर्क भित्र काम गरिरहेका छन् ।
हुलास रेमिटान्सको बारेमा
हुलास रेमिटान्स, गोल्छा संस्थाको सदस्य नेपालमा गुणस्तरिय र भरपर्दो मनि ट्रान्सफर सेवा पु¥याउने उद्देश्यका साथ सन् २००५ मा स्थापित भएको हो । १०० वर्ष भन्दा बढि समय समर्पित व्यवसाय इतिहास बोकेको अग्रणी व्यवसायिक घर गोल्छा संस्थाले “हुलास” लाई नेपालमा सबैभन्दा विश्वसनीय र साझा घरेलु उपभोक्ता ब्राण्डको नाममा स्थापना गरेको छ ।
हुलास रेमिटान्स नोभेम्बर २००५ देखि इनबाउण्ड मनि ट्रान्सफर सेवाका लागि द वेस्टर्न युनियन कम्पनी—मनि रेमिटान्स सेवाहरुका लागि विश्वव्यापी अग्रणीको एक प्रिन्सिपल एजेन्ट हो । हुलास रेमिटान्सको द वेस्टर्न युनियन कम्पनीसँगको रणनीतिक साझेदारीको उद्देश्य देशमा ग्राहकहरुलाई छिटो, सजिलो , भरपर्दो र सुविधाजनक मनि ट्रान्सफर सेवा प्रदान गर्नु हो । हाल, हुलास रेमिटान्स विभिन्न खुद्रा, सहकारी, प्रतिष्ठित बैंकिङ्ग पार्टनर नेपाल बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, सिदार्थ बैंक लिमिटेड, सनराईज बैंक लिमिटेड, गण्डकी विकास बैंक लिमिटेड लगायत समावेश गरेर नेपालका ७७ जिल्लामा २५०० भन्दा बढि सर्भिस लोकेसनबाट ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।


















