मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा अध्यादेश खारेज 

264

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र निक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी  (पहिलो संशोधन) अध्यादेश, २०७७ खारेज गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शुक्रबार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम देहाय बमोजिमका अध्यादेशहरु खारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि गते मन्त्रिपरिषद्‌ले सिफारिस गरेका दुबै अध्यादेश वैशाख ८ गते सोमबार साँझ साढे ६ बजे दुवै अध्यादेश जारी गरेकी थिइन् ।

कोरोना संक्रमणको संकटसँग मुलुक लडिरहेको बेला दुबै अध्यादेशको औचित्य नभएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले उक्त अध्यादेश शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकबाट फिर्ता लिने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here