स्कटल्याण्डमा सबैभन्दा कान्छी सङ्क्रमित निकाे भइन्

150

एजेन्सी  – स्कटल्याण्डमा कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमण भएकी तीन हप्ताकी शिशु निको भएकी छिन् ।

गएको चैत १३ गते आठ महिनामै जन्मिएकी शिशु कोरोना सङ्क्रमण हुने स्कटल्याण्डको सबैभन्दा कान्छी सङ्क्रमित भएकी बीबीसीले जनाएको छ । उनी कोरोना जितेर घर फर्किएपछि परिवारका सदस्यले उपचारमा संलग्न डाक्टर तथा नर्सलाई धन्यवाद दिएका छन् ।

डाक्टरहरुले काेराेना भाइरस परीक्षणकाे लागि आफ्नी तीन महिनाकी शिशुकाे नाकमा स्वाब राखेकाे घटनालाई स्कटल्याण्डकी ट्रेसी मेग्वायर अझै सम्झिन्छिन् । याे दृश्य देख्नु आफ्नाे लागि नकै कष्टपूर्ण रहेकाे उनले बताइन् ।

‘मैले पहिलाे पटक आफ्नाे बच्चाकाे आँखामा आँसु देखेँ । मैले उसलाई समाएकाे थिएँ । त्याे अवस्थामा हामी एक अर्कालाई साथ दिइरहेका थियाैँ’, उनले भनिन् ।

समयभन्दा अघि नै जन्मिएकी ती शिशुकाे ताैल मात्र डेढ किलाे थियाे । उनी जन्मेकाे तीन हप्तामै काेराेना सङ्क्रमित भएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here