काठमाडाैं – काेराेना भाइरस काेभिड १९ काे सङ्क्रमणबाट बच्न अहिले देश नै लकडाउन छ । लकडाउनकाे समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आदेश दिइएकाे छ ।
अत्यावश्यक कामबाहेकका लागि निस्किएको पाइए प्रहरीले दुई घण्टा बाटोमै उभ्याउने र अब लकडाउन उल्लङ्घन नगर्न सम्झाएर पठाउने गरेको छ ।
यस्तै आज ३९ वटा मोटरसाइकल र एउटा चार पाङग्रे गाडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अत्यावश्यक कामबाहेकका लागि निस्किएको पाइए गाडी बेलुकीमात्रै छाेड्ने गरेको प्रहरीले जनाएको छ ।
अन्तिम अपडेट: बैशाख १२, २०७७


















