तेन्दुलकरको चलचित्र ‘गड अफ क्रिकेट’ रिलिज घोषणा

99

एजेन्सी – क्रिकेटका भगवानको उपमा पाएका चर्चित खेलाडी सचिन तेन्दुलकरको जीवनीमा चलचित्र ‘गड अफ क्रिकेट’ बनिरहेको छ ।

योभन्दा अघि करिब ३ वर्ष पहिले उनको जीवनीमा आधारित पहिलो चलचित्र ‘सचिन : अ बिलियन ड्रिम्स’ रिलिज भएको थियो ।

‘गड अफ क्रिकेट’ को नाममा बनिरहेको यो चलचित्र आगामी वर्ष रिलिज हुने भएको छ । चलचित्रमा सचिनको व्यक्तिगत र क्रिकेट करियरबारे प्रेरणादायी कथा भनिएको छ ।

चलचित्रको हालै मोसन पोस्टर रिलिज गरिएको छ । जसमा महेश भट्टको आवाज छ । २४ अप्रिलमा सचिनको जन्मदिनको मौका पारेर मोसन पोस्टर रिलिज गर्दै निर्माण टिमले चलचित्र २०२१ को अप्रिल २४ मा रिलिज गर्ने घोषणा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here