कोरोना अपडेट : विश्वभर आइतबार मृत्यु हुनेको संख्या हालसम्मकै कम

152

काठमाडौं – चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै नोबेल कोरोना भाइरस अर्थात् ९कोभिड १९० अहिले विश्वका २१० देश पुगिसकेको छ ।

२०७७ वैशाख १५ ९सन् २०२० अप्रिल २७० बिहान ७.३० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका २९,९४,७३४ मानिसमा कोरोना भाइरस सल्केको छ भने ज्यान गुमाउनेको कूल संख्या २,०६,९९० पुगेको छ । एकैदिन ३७१८ जनाको मृत्यु भएको छ । यो मृत्यु संख्या १ महिना यताकै सबैभन्दा कम हो ।

सन्चाे भएर घर फर्किएकाहरु संख्याका ८७८,८१६ छ भने उपचाररत हालको बिरामीको संख्या १,९०८,९२८ रहेको छ । जसमध्य १,८५१,३२५ को अवस्था मध्यम छ भने ५७,६०३ को स्थिति गम्भिर रहेको छ । बिरामी मध्ये ३ प्रतिशतको अवस्था गम्भिर रहेको छ । पछिल्ला केहि दिनदेखि संक्रमित भएर निकोहुनेको संख्या बढेको छ । आइतबारको तथ्यांकले बिरामी मध्ये ८१ प्रतिशत सन्चो हुने गरेका छन् भने १९ प्रतिशतको मृत्यु हुने गरेको देखिन्छ ।

वल्र्डोमीटरका अनुसार हाल सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा लगातार अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ९८७,१६० पुगेको छ भने ५५,४१३ को मृत्यु भएको छ । एकै दिन २६५०९ नयाँ संक्रमित थपिएका छन् भने ११५७ जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा संक्रमित र मृत्यु संख्या दुवै आधै घटेको हो । मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो इटाली हो । इटालीमा लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या १९७, ६७५ रहेको छ भने मृत्यु हुनेको संख्या २६,६४४ जना रहेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, टर्की, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो९५५,४१३० इटाली दोस्रो९२६,६४४०, स्पेन तेसो९२३,१९००, फ्रान्स चौंथो९२२,८५६०, बेलायत पाचौँ९२०,७३२०, बेल्जियम छैठौं९७,०९४०, इरान सातौँ९५,७१००, जर्मनी आठौँ९५,९७६० र चीन नवौँ ९४,६३३० क्षति व्यहोर्ने देशमा छन् । चीनमा आइतबार थप एक जनाको मृत्यु भएको छ । अघिल्लो एक हप्ता एकजनाको पनि मृत्यु भएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here