कोरोनाबाट आज मात्रै १५ सय बढीको मृत्यु, बढेको बढ्यै संक्रमित

87

काठमाडौं – विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा २ लाख १९ हजार २८७ जनाको मृत्यु भईसकेको छ भने ३१ लाख ६२ हजार ४५१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै विश्वमा ९ लाख ७५ हजार ६७३ जना उपचार पछि निको भएका छन् भने विश्वमा ६० हजार ६३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वमा फैलिएको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा अहिलेसम्म ५९ हजार २८४ जनाको मृत्यु भएको छ भने १० लाख ३६ हजार ४१७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १८ जनाको मृत्यु भएको छ भने आजै ६५२ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २४ हजार २७५ जनाको ज्यान गएको छ भने २ लाख ३६ हजार ८९९ जनालाई संक्रमण भएको छ ।  आज ४५३ जनाको ज्यान गएको छ भने आज नै ४ हजार ७७१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण २७ हजार ३५९ जनाको ज्यान गएको छ भने २ लाख १ हजार ५०५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको कारण २३ हजार ६६० जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ९११ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेलायतमा २१ हजार ६७८ जनाको मृत्यु भएको छ भने १ लाख ६१ हजार १४५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ६ हजार ३१४ जनाको मृत्यु भएको छ भने १ लाख ६० हजार ४७९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ५६७ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै टर्कीमा अहिलेसम्म २ हजार ९९२ जनाको ज्यान गएको छ भने १ लाख १४ हजार ६५३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै रुसमा आज मात्रै १०५ जनाले ज्यान गुमाएका छन् भने आज नै त्यहाँ ५ हजार ८४१ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म महामारीका कारण ९७२ जनाको ज्यान गएको छ भने ९९ हजार ३९९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ९५७ जनाको मृत्यु भएको छ भने ९३ हजार ६५७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १ हजार ७३ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ८० जनाले ज्यान गुमाएका छन् । त्यस्तै ब्राजिलमा आज थप २० जनाको मृत्यु भएको छ भने आजै ३३६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै ब्राजिलमा अहिलेसम्म ५ हजार ८३ जनाको मृत्यु भएको छ भने ७३ हजार २३५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बक्यानडामा अहिलेसम्म २ हजार ८५९ जनाको मृत्यु भएको छ भने ५० हजार २६ जनालाई संक्रमण भएको छ । त्यस्तै छिमेकी देश चीनमा आज मात्रै थप २२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ अहिलेसम्म ४ हजार ६३३ जनाले ज्यान गुमाएका छन् भने ८२ हजार ८५८ जनालाई संक्रमण भएको छ । त्यहाँ ५० जनाको स्वस्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोना भाइरसको महामारीबाट बेल्जियममा आज मात्रै १७० जनाको मृत्यु भएको छ भने आजै त्यहाँ ५२५ नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ अहिलेसम्म ४७ हजार ८५९ जनालाई संक्रमण भएको छ भने ७ हजार ५०१ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ४ हजार ७११ जनाको मृत्यु भएको छ भने ३८ हजार ८०२ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १४५ जनाको ज्यान गएको छ भने आजै त्यहाँ ३८६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै छिमेकी देश भारतमा महामारीबाट १ हजार ८ जनाको मृत्यु भएको छ भने ३१ हजार ७८७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ४६३ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्विडेनमा आज मात्रै १०७ जनाको मृत्यु भएको छ भने आजै ६८१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ अहिलेसम्म २० हजार ३०२ जनालाई संक्रमण भएको छ भने २ हजार ४६२ जनाको ज्यान गएको छ । त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार १५९ जनाको मृत्यु भएको छ भने १९ हजार ८७७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ५६९ जनाको ज्यान गएको छ भने १६ हजार ७५२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १ हजार २२३ जना नयाँ संक्रमित थपिएका छन् भने आज नै त्यहाँ १३५ जनाको मृत्यु भएको छ । विश्वमा अज मात्रै यो समाचार तयार पार्दासम्म १ हजार ५३५ जनाको मृत्यु भएको छ भने आजै २६हजार ८७० जना नयाँ संक्रमित थपिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here