परिवर्तन भयाे ओस्करको नियम

414

एजेन्सी  – काेराेना भाइरस (कोभिड-१९) को विश्‍वव्यापी महामारीका कारण संसारकै प्रतिष्‍ठित ओस्कर अवार्डको नियम पनि  परिवर्तन भएकाे छ ।

हालसम्म ओस्करको मनोनयनमा पर्ने सिनेमाहरूलाई लसएन्जलसका फिल्म हलहरूमा कम्तिमा सात दिन अनिवार्य स्क्रिनिङ गर्नुपथ्र्यो। अब स्ट्रिमिङ प्लेटफर्ममा मात्र स्क्रिनिङ गरिने फिल्महरूलाई पनि ओस्कर मनोनयको हकदार बनाइने भएको छ।

अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सले वर्षेनि ओस्कर अवार्ड वितरण गर्दै आएको छ।कोरोना भाइरसको संक्रमणका कारण सिनेमा घरहरू बन्द रहेको र भौतिक दूरी कायम गर्नुपर्ने बाध्यताका कारण मनोनयनको नियम बदल्नु परेको एकेडेमीका अध्यक्ष डेभिड रुबिनले जनाए ।

बीबीसीका अनुसार बदलिएको नियम अस्थायी मात्र रहेको एकेडेमीले जनाएको छ। कोभिड-१९ को विश्‍वव्यापी महामारीका कारण संसारभर फिल्म सुटिङ रोकिएको छ। महामारीकै कारण जेम्स बन्डको नयाँ फिल्मलगायत संसारभरका सिनेमाको प्रदर्शनी पनि रोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here