विप्लवका केन्द्रीय सदस्य पक्राउ

136

सुर्खेत – नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक केन्द्रीय सदस्य सुर्खेतबाट पक्राउ परेका छन्।

सुर्खेत जिल्लाका पूर्वइन्चार्ज एवम् वैकल्पिक केन्द्रीय सदस्य बालाराम सुनार (हिमाल) बिहीबार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीका अनुसार विशेष सूचनाका आधारमा उनलाई वीरेन्द्रनगर–४ कुमाइचोकबाट पक्राउ गरिएको हो।

पारिवारिक स्रोतले भने उनी घरबाटै पक्राउ परेको जनाएको छ। उनी कोरोनाको त्रासपछि होम क्वारिन्टिनमा बसेको परिवारको भनाइ छ। पक्राउ परेका सुनारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here