Home समाचार मे दिवस “चिकागो हेमार्केट” देखी “पैदल हिंडेका मजदुर” सम्मा

मे दिवस “चिकागो हेमार्केट” देखी “पैदल हिंडेका मजदुर” सम्मा

201

काठमाडाैं – सन १८८६ को मे दोश्रो हप्ता अमेरिकी शहर एट्लान्टाका फार्मासिष्ट जोन पेम्बेर्टनले कोका-कोला आबिष्कार गरेका रहेछन। संयोग नै मान्नु पर्छ, त्यही बर्ष, त्यही मे महिनाको पहिलो हप्ता अमेरिकाकै चिकागो शहर स्थित हेमार्केट स्क्वाएरका सिलसिला बद्द मजदुर प्रदर्शनहरु भने अन्तराष्ट्रिय मजदुर दिवसको जन्म दिदै थिए। १८८४ मा निर्णय भएर १८८६ को मे १ बाट कानुनी रुप लिने भनिएको “दैनिक ८ घण्टा श्रम” को समर्थनमा अमेरिकाभर मजदुर प्रदर्शन भएका थिए। त्यस्तै मध्यको एक चिकागो शहरको हेमार्केट स्क्वाएरमा निस्किएका मजदुर प्रदर्शनको नेतृत्व राज्य अस्विकार गर्ने अगस्ट स्पाइस, अल्बर्ट पार्सन्स, सामुएल फिल्डेन जस्ता कट्टर एनार्किस्टले गरेका थिए। मे १ का शान्तीपूर्ण मजदुर प्रदर्शनहरु मे ३ पुग्दा प्रहरीको दमन, मे ४ हेमार्केट स्क्वाएर पुग्दा मजदुरहरुको प्रतिकार, बम बिस्फोट, गोली प्रहार हुँदै लगभग एक दर्जनले ज्यान गुमाउने अवस्थामा पुगेको थियो। हेमार्केट स्क्वाएरको मजदुर प्रदर्शनको नेतृत्व गर्ने ८ जना मध्य स्पाइस र पार्सन्स लगायत ४ जनालाई अमेरिकि सरकारले झुण्डाएर मार्यो, एकले आत्महत्या गरे बाँकीले काराबासको सजाए पाए। त्यही हेमार्केट स्क्वाएर मजदुर आन्दोलन प्रती एकबद्दता स्वरुप संसार भरका समाजबादी, कम्युनिष्ट र थुप्रै अन्य संगठनहरुले १९ औ सताब्दीको अन्त्यतिर (सेकेन्ड इन्टेरनेशनलद्वारा) मे १ लाई अन्तराष्ट्रिय मजदुर दिवसको रुपमा मनाउने निर्णय गरेका रहेछन।

औधोगिक क्रान्तिले कृषिबाट कामादारहरु उद्योगमा लैजादाका सुरुवाती दिनमा मजदुरहरु संगठित हुनु दन्डनिय थियो। छिटफुट बाहेक काल्पनिक समाजबादी मानिने रोबर्ट ओबेनको ८ घन्टे नारा देखी बिस्तारै १९ औ सताब्दीको मध्य तिर मजदुरहरु संगठित हुँदै ट्रेड युनियनको रुपमा २० औ सताब्दीको सुरुवातमा देखा परेका रहेछन। भिक्टोरियन समयकै दौरान देखिएको चार्टिस्ट आन्दोलन, सन १८४८ आसपास मध्य र पश्चिम युरोपका आन्दोलनहरु हुँदै १८५७-५९ को जस्तो दोहरिरहने आर्थिक संकटको बोझले मजदुरको ज्याला प्रभाबित हुने नितीको बिरोधमा मजदुर संगठनहरु राजनैतीक रुपले पनि आन्दोलित हुन थालेको भेटिदो रहेछ। १८४८ मा घोषणापत्र, १८६३-६४ मा इन्टरनेसनल वर्किङ्म्यान्स एसोसियन (फर्स्ट इन्टेर्नेसनल) हुँदै १८७१ को “ब्लान्कीमय” पेरिस कम्युनमा हजारौको प्राण आहुती सम्म पुग्दा मजदुर आन्दोलनले सत्ता नै पल्टाउने तहमा बिकास भएको रहेछ। यस्तो पृष्‍ठभुमीमा अमेरिकि गृह युद्दको बिनास, भिएना स्टक देखी सुएज नहर हुँदै चादीको विमुद्रीकरण जस्ता अनगिन्ती बैश्विक कारणले निम्तिएको प्यानिक अफ १८७३ र लङ डिप्रेसन लगत्तै चिकागो शहर औधोगिक केन्द्र मात्रै नबनेर अमेरिकी मजदुर आन्दोलनको केन्द्र पनि बन्न पुग्दा, हेमार्केट स्क्वाएरले मजदुर दिवसको बिम्ब विश्वलाई दियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here