शिक्षा मन्त्रालयले भन्याे – विद्यालयलाई अनलाइन कक्षाको नाममा शूल्क नलिन आग्रह

164

काठमाडाैं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ भर्ना नगर्न तथा अनलाइन पठन पाठनको नाममा शूल्क लिने कार्य नगर्न आग्रह गरेको छ ।

सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरी कुनै कक्षा वा तहमा नयाँ भर्ना नगर्न तथा भर्ना वा अनलाइन पठन पाठनको नाममा कुनै किसिमको शूल्क लिने कार्य नगर्न आग्रह गरेको हो ।

‘हाल सबै विद्यालयको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभए सम्म विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नु नगराउनुका साथै भर्नाका नाममा कुनै पनि शूल्क लिने, अनलाइन कक्षाको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्य नगर्न नगराउन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

मन्त्रालयबाट एसईई परीक्षा तथा कक्षा ११ र १२ को परीक्षा सञ्चालन सम्बन्धमा शुक्ष्म अध्ययन तथा परामर्श लिने काम भइरहेको र हालसम्म कुनै निर्णय नभएको सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here