गैर नेवारलाई घर बेच्न नपाउँने वडाले यस्तो सूचना निकाल्यो

292

काभ्रे, – काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर ७ ले नेवार जातिको घर अन्य जातिलाई घर बेच्न सिफारिस नदिने निर्णय गरेको छ। मंगलबार बसेको वडा समिति बैठकले नेवार जातिको धार्मिक र पुरातात्तिवक सम्पदा जोगाउन अन्य जातिलाई घर बेच विखन गर्नका लागि सिफारिस नदिने निर्णय गरेको हो ।

वडा अधयक्ष रामचन्द्र नास्नानीले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘यस वडा समितिको मिति २०७७ वैशाख २३ गते बसेको बैठकबाट नेवार जातिबाहेक अन्य जातिलाई घर बेच विखन गर्नका लागि सिफारिस लिन आएमा घर धनीहरुलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएकोले यस ७ नम्बर वडाबासीलाई यसै सार्वजनिक सूचनामार्फत जानकारी गराइन्छ ।’

७ नम्बर वडाको पुरानो बजार स्मारक क्षेत्रमा नेवारी समुदायको बाक्लो बसोबास छ । वडा कार्यालयले नेवारी जातिको बाहुल्यता भएकाले धर्म संस्कृति र पुरातात्विक सम्पदा जोगाउन यस्तो निर्णय गरेको दाबी गरेको छ।
यसअघि वडामा जग्गा तथा घर धनीहरुले नेवार जातिबाहेक अन्य जात जातिलाई बेच विखन गर्नका लागि घर बाटोको मूल्यांकन सिफारिस नदिएको भन्दै गुनासो गरेका थिए। त्यही गुनासो आएपछि मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको वडा अध्यक्ष नास्नानीले सूचनामा उल्लेख गरेका छन्।
यस्तो छ सूचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here