पहिलो पटक नर्समा कोरोना संक्रमण देखियो

179

बुटवल-कपिलवस्तुमा एक जना नर्समा कोरोना भाइरसको संक्रमण देखिएको छ। कपिलवस्तुको ताैलिहवा अस्पतालमा कार्यरत एक जना नर्सलाई कोरोना भाइरसको संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले जानकारी दिए। उनका अनुसार ती नर्स अस्पतालको ज्वरो क्लिनिक देखि अन्य वार्डमा समेत काम गर्दै आएकी छिन्। स‌ंक्रमण देखिएपछि ती नर्सलाई बुटवलस्थित कोरोना अस्पतालमा उपचारका लागि ल्याउने तयारी भएको उनले जानकारी दिए।

उनले अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मी र कर्मचारीको पनि स्वास्थ्य परीक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने विषयमा छलफल भइरहेको जनाए ।  ‘एक जना नर्सलाई संक्रमण देखिएको छ। उहाँले ज्वरो क्लिनिक देखि अन्य विभागमा पनि काम गरेको देखियो’ उनले भने, ‘त्यसकारण अब अस्पतालका अन्य स्वास्थ्यकर्मी र कर्मचारीको विषयमा के गर्ने र कसरी अगाडि बढ्ने विषयमा छलफल भइरहको छ।’ चौधरीले कपिलवस्तुमा मंगलवार संक्रमण पुष्टि भएका ९ जनामध्ये ८ जना कपिलवस्तु नगरपालिकाका क्वारेन्टाइनमा रहेका र १ जना नर्स रहेको  जनाए ।

तौलिहवा नगरपालिकाका प्रमुख किरण सिंहले पनि स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी गराए। उनले भने, ‘मैले अस्पतालका मेसुसँग कुराकानी गरेँ। सबैजना स्वास्थ्यकर्मीको जाँच गरिएको हो। उहाँमा पोजेटिभ आएको छ।’ तौलिहवा अस्पतालका मेसु डा किसोर बञ्जाडेले आफूलाई पनि स्वास्थ्यकर्मीमा कोरोना देखिएको भन्ने खबर आएको जनाए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here