लिपुलेक सीमा विवाद मिलाउन सरकालाई धुर्मुसको अनुरोध

247
काठमाडौं –  भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेको विषयमा यतिबेला चौतर्फी विरोध भइरहेको छ । सामाजिक अभियन्ता तथा कलाकार सिताराम कट्टेल (धुर्मुस)ले पनि भारतको यो कदमको विरोध गरेका छन् ।

उनले सामाजिक संजालमा एक स्टाटस पोस्ट गर्दै सीमा विवादको विषयमा आफ्नो धारणा राखेका हुन् ।

‘विभिन्न समयमा नेपालको सिमा मिचिरहने र विवादमा आइरहने भारतले आफ्नो स्वभावलाई पछिल्लो कदम अन्तर्गत लिपुलेक हुँदै चीनको तिब्बत स्थित मानसरोवर जाने सडक निर्माणले प्रष्ट पारेको छ’ सितारामले आगडि लेखेका छन् ‘कालापानी, लिपुलेक र सुस्तामात्र होइन, नेपाल–भारत सीमाका ७१ स्थानमा भारतीय पक्षले सँधै विवाद निकाल्दै आएको छ । तसर्थ स–सम्मान नेपाली भूमि फिर्ता गर्न भारतले यथासक्य छिटो कदम चालोस् भनि आग्रह गर्दछौँ ।’

उनले सरकारलाई अन्तर्राष्ट्रि«य कानुन अनुसार कुटनीतिक ढंगबाट सीमा विवाद सुल्झाउन सुझाव समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here