संसारकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण

97

म्यानमारबाट भागेर आएका करिब १० लाख रोहिंग्या बंगलादेशको कक्स बजारस्थित शिविरमा बस्दै आएका छन् । साेही शिविरमा २ जना संक्रमित भेटिएका हुन् । संक्रमित दुवैजनालाई आइसोलेसनमा राखेर उपचार थालिएको छ भने अन्य झण्डै एकहजार नौसय जनालाई पनि आइसाेलेसनमा राखिएकाे बंगलादेशको सरकारी चिकित्सकहरुलाई उधृत गर्दै बीबीसीले लेखेको छ ।

शरणार्थी शिविरमा बसोबास गर्नेहरु १४ मार्चदेखि नै बन्दाबन्दीमै रहेको पनि ती चिकित्सकले जनाएका छन् । बाक्लो बस्तीमा बसिरहेको सो शिविरमा सामाजिक दुरी कायम गर्न संभव नभएको बंगलादेशस्थित सेभ द चिल्ड्रेनका स्वास्थ्य निर्देशक डा. शमिम जाहनले जनाएका छन् ।

सो शिविरमा प्रति एक वर्ग किलोमिटरमा ४० देखि ७० हजार शरणार्थी बसिरहेकाले संक्रमणको जोखिम बढ्न सक्ने खतरा ती निर्देशकले औंल्याएका छन् । अल्पसंख्यक रोहिंग्या मुलसमानमाथि म्यानमारमा हिंसा हुन थालेपछि सन् २०१७ देखि उनीहरु बंगलादेशलगायत विभिन्न देशमा शरणार्थीको रुपमा बसिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here