कोरोना भाइरस नियन्त्रण गर्न पिसिआर परीक्षण बढाऊ : सर्वोच्च अदालत

255

काठमाडाैं – सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी नियन्त्रण गरेर आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पिसिआर परीक्षणको दायरा बढाउन सरकारको नाममा आदेश जारी गरेको छ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पिसिआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन सरकारको नाममा आदेश जारी गरेको हो।

अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट पहिलो सुनुवाई गर्दै सर्वोच्चले सर्वोच्चको नाममा यस्तो आदेश जारी गरेको हो।

सर्वोच्चले परिक्षणका बारेमा सरकारले गरेको कार्यहरुको बारेमा लिखित जवाफसहित पेश गर्न पनि भनेको छ। सर्वोच्चले उक्त निवेदनमाथि बिहीबार सुनुवाई गर्दै सरकारका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ।

यस्तो छ आदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here