आगामी सेप्टेम्बर १२ देखि अक्टोबर ४ सम्म हुने भनिएको उक्त प्रतियोगिता कोरोनाभाइरस महामारीका कारण स्थगित भएको हो । फिफाले फुटसल वर्ल्डकप २०२१ को लागि सरेको जनाएको छ । अब फुटसल वर्ल्ड कप २०२१ सेप्टेम्बर १२ देखि अक्टोबर ३ सम्म हुनेछ ।
लिथुअनियामा हुने फुटसल वर्ल्डकपका लागि एसिया र अमेरिकाको छनोट पनि कोरोनाभाइरसकै कारण स्थगित भएको छ । सन् १९८९ बाट शुरु भएको फिफा फुटसल वर्ल्डकप ब्राजिलले सर्वाधिक पाँच पटक जितेको छ । यस्तै स्पेनले २ र अर्जेन्टिनाले १ पटक उपाधि जितेको छ । अर्जेन्टिना साविक विजेतासमेत हो ।