थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

99

काठमाडौं – नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका १० जानमा कोरोना संक्रमण देखिएको हो।

रौतहटको राजपुर नगरपालिका फरहदवाका १८ देखि ४८ वर्षका पुरुष र रौतहटकै इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका  ७ जना पुरुषमा कोरोना देखिएको हो।

यो सहित नेपालमा कुल संक्रमितको संख्या २९१  पुगेको छ। संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् भने एक जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here