अमेरिकी आइडल २०२० मा उपविजेता बने दिवेश

85

काठमाडौं – अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडल सिजन १८ मा जस्ट सामले विजेताको उपाधी प्राप्त गर्नुभएको छ । उहाँले पब्लिक भोटका आधारमा उपाधी प्राप्त गर्नुभएको हो । सुरुवातदेखि नै चर्चामा आएका ‘अर्थर गन’ उपाधी प्राप्त नेपाली युवा दिवेश पोखरेल भने उपविजेता बन्नु भएको छ ।

काठमाडौंको रविभवनका पोखरेल अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बन्नुभएपछि विदेशमा रहेका नेपालीहरु र नेपालभित्रै प्रशंसाको ओइरो आएको छ ।

सन् २०१४ मा कन्सास राज्यमा आप्रवासीकोरुपमा अमेरिका प्रवेश गरेका पोखरेल अन्तिम ३० प्रतिस्पर्धीका रुपमा चर्चामा हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here