काठमाडौं – नेपालको नयाँ नक्सा आज सार्वजनिक भएकाे छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू–भाग समेटेर तयार पारिएको नक्सा आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेकाे हाे ।
नेपाल टेलिभिजन मार्फत लाइभमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू–भाग समेटेर तयार पारिएको नक्सा सार्वजनिक गर्नुभयाे ।
नेपालको निशान छापमा पनि नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्तुत गरेको नक्सा स्वीकृति गरेको थियो। मन्त्रीपरिषद्ले स्विकृत गरेको नयाँ नक्सा सरकारले प्रमाणीकरण गरिसकेकोले आज सार्वजनिक भएकाे हाे ।

















