कोरोनाको विश्वब्यापी असरका कारण र्फकने युवालाई रोजगारी सिर्जना गर्न तथा भोकमरीको सम्भावित संकट चिर्न पहिलो उपाय कृषिकै विकास भएको डा. शर्माको धारणा थियो । सरकारले अघि सारेको भूमि बैंकको योजना तत्काल सहज नभएको भन्दै उनले करार खेतीलाई प्रोत्साहन गर्न सरकारलाई सुझाए ।
‘भूमि बैंक सजिलो छैन, कानूनमा संशोधन गरेर करारमा जग्गा लिएर खेतीगर्न सक्ने र त्यसकालागि आर्थिक स्रोतमा राज्यले सहज गराईदिनु पर्छ,’ डा. शर्माले भने ।
प्रधानमन्त्री रोजगार र कृषि आधुनिकीकरण कार्यक्रमको कमजोरीहरु प्रशस्त आएको भन्दै उनले परियोजनाको डिजाइन सच्याएर रोजगारी सिर्जना गर्न सकिने धारणा राखे ।
‘दाताको लगानी आइसकेको परियोजनाबाट धेरै भन्दा धेरै रोजगारी र त्यसबाट उत्पादनलाई जोड दिनुपर्छ,’शर्माले भने ।
अहिले कृषिमा मल बीउ, र किटनासकको आपूर्ति प्राथमिकता भएको भन्दै उनले ढुवानी व्यवस्था चुस्त बनाउन सरकालाई सुझाव दिए । यसका लागि ढुवानीकर्तालाई प्रोत्साहन र सुरक्षा तथा स्थानीय तहको सहजीकरण अपरिहार्य रहने शर्माको सुझाव छ । प्रदेश पाँचको कृषि एम्बुलेन्स सेवालाई राष्ट्रिय स्तरमा पुर्याउन पनि उनले आग्रह गरे ।


















