स्थानीय युवा सकृय भए कोरोना नियन्त्रणमा

196

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं १८  नरदेवीका स्थानिय यूवाहरु कोरोना भाइरस (कोभिड १९) को लडाइमा सकृय भएका छन् ।

अनिल महर्जनको संयोजत्वमा १४ जना स्थानीय युवाहरू एकजुट भइ जेठ २ गतेदेखि विहान ११ बजेदेखि राती ८ः३० बजेसम्म कोराना नियन्त्रण तथा रोकथाममा लागि रहेकाे छ । आफुहरूले माहामारी फैलने डरले लकडाउनकाे नियम पालना गराउने, जनचेतना जगाउने, मानिसहरूकाे भीड नियन्त्रण गर्ने जस्ता कार्य गर्दै आइ रहेकाे जनाए ।

कोरोना नियन्त्रणमा स्थानिय बासिन्दाहरू, १८ वडाका अध्यक्ष न्हुँछे काजी महर्जन लगायत इलाका प्रहरी कार्यालयले पनि सहयाेग रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here