एजेन्सी – विश्वभर कोरोना भाइरसबाट ५३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । मृतक संख्या ३ लाख ४३ हजार नाघेको छ ।
रुसमा ३ लाख ३५ हजार संक्रमित हुँदा ३३ सयको मृत्यु भएको छ । स्पेन र इटालीमा मृत्यु दर घट्दै गएको छ । स्पेनमा २८ हजार र इटालीमा ३२ हजारको मृत्यु भएको छ । बेलायतमा ३६ हजारको मृत्यु भइसकेको छ ।
सार्क मुलुकहरुमा भारत अगाडि छ । भारतमा १ लाख ३१ हजार संक्रमित भइसकेका छन् । मृतक संख्या ३८ सय नाघेको छ । पाकिस्तानमा ५२ हजार संक्रमित भइसक्दा ११ सयको मृत्यु भएको छ ।
बँगलादेशमा ३२ जार संक्रमित हुँदा ४५२ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा १० हजार संक्रमित पुगेका छन् । त्यहाँ ३१४ को मृत्यु भइसकेको छ । मालदिभ्समा १३ सय संक्रमि हुँदा ४ जनाको मृत्यु भएको छ ।
श्रीलंकामा १ हजार ८९ संक्रमित हुँदा ९ जनाको मृत्यु भएको छ । नेपालमा ५८४ संक्रमित हुँदा ३ जनाको मृत्यु भएको छ । भुटानमा २४ जना संक्रमित संख्या पुगेको छ ।


















