सुदूरपश्चिमकाे नाकाबाट छ हजार बढी नेपाली भित्रिए

77

 

लम्की – सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट अाज छ हजार बढी नेपाली भित्रिएकाछन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट चार हजार ७९६ सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला लगायत अन्य जिल्लाका नागरिक भित्रिएका छन् भने कंचनपुरको गड्डा चौकी नाकाबाट एक हजार ५८६ नेपाली नेपाल भित्रिएका हुन् ।

कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले लागु गरेको लकडाउनसंगै सुदूरपश्चिमका यी दुई मुख्य नाका बाहेक अन्य साना नाकाहरु आवतजावतकालागि गरिएको छ ।

कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतीवडाका अनुसार पछिल्लो समय गड्डा चौकी नाका भएर नेपाल भित्रिनेको संख्या बुधवार सहित करिब आठ हजार पुगेको जनाउनुभयो । त्यसैगरी गौरीफन्टा नाका भएर नेपाल भित्रिनेको संख्या करिब चौबिस हजार पुगेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

भारतका विभिन्न ठाउँमा रोजगारीकालागि गएका नेपालीहरुको लकडाउनका कारण भारतमा खान बस्नको समस्या भएपछि घर फर्कनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here