सहभागीता नम्बर ४ दुर्गा अधिकारी ” भमरकाेटे “

159

लकडाउन पृथ्वी नै बार्यो कोरोनाले ।
बिश्व भर धेरै मान्छे मार्यो कोरोनाले ।

सुरु भयो वुहानमा चाइनाको प्रान्त,
हेर्दाहेर्दै बिश्व भरै सार्यो कोरोनाले ।

ठूलो पल्टि अटेरी भै सान गर्ने मुर्ख,
मै हुँ भन्ने दुष्ट सेखी झार्यो कोरोनाले ।

घाटा मात्र हैन धेरै नाफा पनि भा छ,
प्रदुषित धुलो मैलो टार्यो कोरोनाले ।

हिन्दु संस्कृतिको सान परंपरा हाम्रो,
नमस्कार गर्नुपर्ने पार्यो कोरोनाले ।

१ प्रेमिल गजल:

तिम्रो मेरो माया बस्यो पहाडको गाउँमा ।
प्राकृतिले भरिपुर्ण रमाइलो ठाउँमा ।

मलाई देख्दा कति धेरै मुस्काएकी मोरी,
त्यसै दिन अर्पे मैले ज्यान तिम्रो नाउँमा ।

मैले माया लाउने देखें स्वर्ण अवसर,
ओखती नै मिले जस्तो मुटुको यो घाउमा ।

खेत खन्ने बाली लाउने म आफैंले गर्छु,
कैले कष्ट हुन दिन्न तिम्रा दुई पाउमा ।

सोझो किसान नसोच छु बिश्व घुमी आको,
हुन्छ भन अमेरिका लाने छु म दाउमा ।

दुर्गा अधिकारी भमरकोटे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here