सहभागीता नम्बर १२ सुचिता काफ्ले ।

202


गजल १

२०/७६साल बाटै भयो जन्म कोरनाको कहर
सबैका मन मतिष्कमा भरियो हेर जहरै जहर

छायो लोकमा अन्धकार भए मनुष्य ब्याकुल
त्रास अनि भएभितले होला एउटै लाग्यो प्रहर

एकाएक मासिंदै गए मिठा मिठा चाहना हरू
जमायो अड्डा कोरनाले संझी फोक्सोलाई शहर

निर्धो बलियो सबैलाई देखाउँदै छ अझै रबाफ
फर्कन्छ कि बस्छ खै भएन कसैलाई पनि ठहर

फूकेन बिगुल न हर्मोनियम न त बजायो बाजा
संकेतै नगरी आयो एक्कासी हुल बाँधेर लहर ।।

गजल २

गजल ✍ प्रेमिल

देखेर बैंसालु उसको त्यो बानीमा हराएँ
लोभिलो नसालु आखाको नानीमा हराएँ

भमरालेनै मीठो मानी चुमेको कोपिला
उन्माद भै फक्रदो जिन्दगानीमा हराएँ

दुख्छ मुटु चसक्क मेरो संझदा उसलाई
छटपटि लाग्दो प्यासको जवानीमा हराएँ

शोकको घडीमा स्तब्ध भएर डुब्दा पनि
निष्ठुरीकै असिम मायाको खानीमा हराएँ

उपहार दिएँ फूल पत्थरको कुटाई खाएर
र पनि फाइदा हो भन्ने संझी हानीमा हराएँ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here