कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुग्याे

71

काठमाडौं । कोरोना संक्रमणबाट शनिवार थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै,  नेपालमा कोरोनाका ४ हजार ९०४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३ सय ९२ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै,  ५ हजार ९ सय २४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ४८ हजार ३ सय ४८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ५ सय ६२ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here