ग्लोबल आइएमई बैंक प्रोसेस इनोभेशन अवार्ड २०२४ बाट सम्मानित

33

काठमाडाैं । ग्लोबल आइएमई ब्यांक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेशन अवार्ड २०२४ बाट सम्मानित भएको छ।

इन्फोसिस फिनाकलद्वारा आयोजित कार्यक्रममा ग्लोबल आइएमई ब्यांकलाई इन्ट्रिग्रेशन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एन्ड ईकमर्श कार्ड इसुयन्स विधामा उत्कृष्ट ब्यांकका रूपमा सम्मान गरिएको हो।

ग्लोबल आइएमई बैंकले आफ्नो कोर ब्यांकिङ सफ्टवेयरका लागि फिनाकल प्रयोग गर्दै आएको छ।

यस अवार्डले आउँदा दिनमा थप नवीन र अत्याधुनिक प्रविधिका ब्यांकिङ सफ्टवेयरहरू प्रयोग गर्दै सबैका लागि सुरक्षित र सहज ब्यांकिङ सेवा प्रदान गर्न हौसला मिलेको बैंक ले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here