सीएनएनका पत्रकार पक्राउ

100

अमेरिकामा अफ्रिकी अमेरिकी मूलका जर्ज फ्लोडको प्रहरीको कारबाहीमा मारिएको विरोधमा भड्केको विरोध प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेका तीन सञ्चारकर्मीलाई गिफ्तार गरिएको हो । पछि गिरफ्तार गरिएका तीनलाई रिहा गरिएको थियो ।

प्रहरी अधिकारीहरूले उनीहरू गिरफ्तार गरिरहेका बेला भएको प्रत्यक्ष संवाद टेलिभिजन फुटेजमा समेत देखिएको थियो । त्यसपछि टेलिभिजन एंकरले सीएनएनका पत्रका जिमिन्ज आफ्ना सहयोगीसहित गिरफ्तार भएको जनाएका छन् । प्रहरी अधिकारी मध्येका एकले जिमिन्जलाई हतकडी लगाइएको फुटेज सीएनएनले पटक पटक दोह¥याएको थियो ।

प्रहरी अधिकारीहरूले त्यसको सफाइमा पत्रकारलाई त्यहाँबाट जान भनेको तर अटेर गरिएकोले समातिएको जनाएका छन् । मिनेसोटाका गभर्नर टिम वाल्सले सीएनएनका पत्रकारहरू गिरफ्तार भएको घटनाप्रति माफी मागेका छन् ।