
एजेन्सी – रुस विश्वव्यापी सुरक्षा प्रणाली बनाउनमा वार्ता र सहयोग गर्न तयार रहेको छ । बुधबार भिक्ट्री डे परेडमा रुसी राष्ट्रपति पुटिनेले विश्वव्यापी सुरक्षामा सहयोग गर्न रुस तयार र खुला रहेको जनाएका हुन् ।
रुसी नागरिक एकजुट भए अहिले देखापरेको महामारी विरुद्व लडन् सक्ने प्रतिवद्वता पुटिनले व्यक्त गरेका छन् । प्रत्येक सामान्य व्यक्तिको सम्पूर्ण इच्छालाई पुरा गर्न र महामारीको प्रकोपलाई परास्त गर्न विश्वनै एकजुट भइ अगाडी आउनु पर्नेमा पुटिनको जोड थियो ।
















