२० भन्दा बढी कार्यालय र निकायमा कार्यरत कर्मचारीको अतिरिक्त भत्ता कटौती

148

काठमाडौं  – सरकारी अनुदान प्राप्त गर्ने २० भन्दा बढी कार्यालय र निकायमा कार्यरत कर्मचारीलाई सरकारले अतिरिक्त भत्ता दिँदै आएको थियो । प्रोत्साहन, बैठक, अतिरिक्त समय, खाना तथा खाजा, जोखिमलगायतका सबै प्रकारका भत्ता कटौतीमा परेका छन् ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएकाबाहेक सबै कर्मचारीले पाउँदै आएको भत्ता कटौती गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले राजस्व संकलनमा आउने संकुचन र सार्वजनिक खर्चमा आउने थप चापलाई व्यवस्थापन गर्न प्रशासनक खर्चमा मितव्ययीता अपनाउनुपर्ने भन्दै भत्ता कटौती गरेका हुन् ।

निजामती किताब खाना, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, अख्तियार दुरुपयोग, राजस्व तथा भन्सार एवं ड्राइपोर्ट, जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय, संसद् सचिवालय, अदालत, नेपाल ट्रस्टको कार्यालय, सार्वजिनक खरिद अनुगमन कार्यालय, निर्वाचन आयोगलगायत सरकारी अनुदान प्राप्त गर्ने २० भन्दा बढी कार्यालय र निकायमा कार्यरत कर्मचारीलाई सरकारले अतिरिक्त भत्ता दिँदै आएको थियो । प्रोत्साहन भत्ता, बैठक भत्ता, अतिरिक्त समय भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्तालगायतका सबै प्रकारका भत्ता कटौतीमा परेका छन् ।कान्तिपुर दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here