नेपाल प्रवेश गर्ने २० नाका तोक्यो

198
काठमाडौं – सरकारले भारतबाट स्थलमार्ग हुँदै आउने नागरिकलाई नेपाल प्रवेश गर्न २० नाका तोकेको छ ।
कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले २० वटा नाका तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।
 निम्नलिखित नाकाहरुबाट प्रवेश गराउने निर्णय कार्यान्वयन छिट्टै ल्याइने उनले बताए ।
१ पशुपतिनगर (इलाम)
२ काकडभिट्टा (झापा)
३ रानी (मोरङ)
४ कुनौली (सप्तरी)
५ ठाडी (सिराहा)
६ माडर (सिराहा)
७ भिट्टामोड (महोत्तरी)
८मंगलवा (सर्लाही)
९ गौर (रौतहट)
१० वीरगञ्ज (पर्सा)
११ महेशपुर (बारा)
१२ बेलहिया (रुपन्देही)
१३ तौलिहवा (कपिलवस्तु)
१४ कृष्णनगर (कपिलवस्तु)
१५ जमुनाह (बाँके)
१६ सुरजपुर (बर्दिया)
१७ गौरीफन्टा (कैलाली)
१८ गड्डाचौकी (कंचनपुर)
१९ झुलाघाट (बैतडी)
२० दार्चुला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here