काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ । पछिल्लो २४ घण्टामा १७० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबार १७० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । यो संगै संक्रमित हुनेको संख्या १ हजार २ सय १२ पुगेको जनाए । २०६ जना कोरोनालाई जितेर घर फर्किएको जानकारी दिएका छन् ।
यसैगरी कोभिड–१९ बाट नेपालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बिहीबार साँझ अर्घखाँचीका एक जना व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रवक्ता देवकोटाले पुष्टि गरे । उनी अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुष हुन् ।
उनको जेठ १० गते भारतबाट नेपाल आउने क्रममा मृत्यु भएको थियो । उनको पीसीआर परीक्षणमा बिहीबार रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जनाए ।


















