संक्रमितलाई आइसोलेसनमा लैजान खोज्दा प्रहरीमाथि आक्रमण

200
काठमाडौं –  रौतहटमा कोरोना संक्रमितलाई आइसोलेसनमा लैजान पुगेका प्रहरी र स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ ।

क्वारेन्टाइनमा लैजान स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको छ ।

इशनाथ नगरपालिका ७ स्थित क्वारेन्टिनबाट दुई जना संक्रमितलाई लिन पुगेको टोलीलाई स्थानीयले अवरोध गरेका थिए ।

त्यसक्रममा प्रहरीले १३ राउन्ड हवाई फायर गरिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

उक्त क्वारेन्टिनमा ३ सय जना रहेको नगर प्रमुख सन्तोष मेहेताले जनाए । उनीहरु सबै भारतबाट फर्किएका हुन् ।फाइल तस्वीर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here