तीन दिवसीय योग शिविर सम्पन्न

55

कृष्णनगर । ५ कृष्णनगर नगरपालिका वडा नं २ को सहयोग तथा नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरको आयोजनामा उद्योग वाणिज्य संघ कृष्णनगरको सभाहलमा तीन दिवसीय योग सिविर तथा सहभागी लाई ट्रेकसुट वितरण कार्यक्रम आज सम्पन्न भएको छ।

वार्ड नं २ को वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा, अतिथिमा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्री, पूर्व शिक्षक चन्द्रभान पाण्डेय लगायतको आतिथ्यमा कार्यक्रम समापन गरिएको छ। जन प्रतिनिधि, नागरिक अभियानता,तथा समाज सेवी बुद्धिजीवी र शिक्षक लगायतको उपस्थितिमा योगाभ्यास क्रियाकलाप सहित मनोरोग निन्यत्रणका लगी जीवनशैली परिवर्तन लगायतका प्रशिक्षण कपिलवस्तु आयुर्वेदका डा. आशिष चौधरीले दिए।

बरिष्ठ कबीराज हरीलाल उपाध्याय नागरिक आरोग्य सेवा केंद्रका कबीराज डा.नागेश्वर मिश्र लगायतले योग, ध्यान, प्रणायाम लगायतको अभ्यास गराउदै मनोरोग लगायत दीर्घ कालीन न सर्ने रोगको अवस्था नियंत्रणको उपाय स्वस्थ जीवन शैली दिनचर्या तथा योग ध्यान सत्कर्म संतोष, सत्वृतिको पालनमा जोड़ दिनुपर्ने सहभागी माझ जानकारी गराएका थिए ।

समापन कार्यक्रममा बोल्दै देवकोटाले आफ्नो जीवन उत्पन्न दीर्घकालीन रोग नियंत्रणमा योग तथा आयुर्वेदले खेलेको भूमिकाको अनुभव तथा योग ध्यान आपरिहार्यता बारे प्रष्ट परे ।

कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक सुरज खत्रीले योगले व्यक्तिको शारीरिक र मांसिक अवस्थालाई स्वास्थ्य बनाउने जनाए । वाडा अध्यक्ष कृष्ण कुमार गुप्ताले कर्यक्रम समापनको अवसरमा बोल्दै योग र आयुर्वेद हाम्रो जीवनमा अपरिहार्य रहेको बताउदै अगामी दिनमा समेत वडाबाट कार्यक्रम राख्ने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here