काठमाडौं – देशमा लकडाउन कायमै छ । कारोवार व्यवसायहरु ठप्प रहेको अवस्था छ । तर आन्तरिक राजस्व विभागले भने कर संकलनको लागि जेठ २५ लाई अन्तिम म्याद भन्दै ताकेता गर्दै सूचना प्रकाशित गरेको छ । कर संकलनको लागि अन्तिम म्याद ताकेतापछि व्यवसायीहरु चिन्तित बनेका छन् ।
यसअघि मूल्य अभिबृद्धि करको चौमासिक विवरण बुझाउने चैत २५ को म्याद देखि मासिक मूल्य अभिबृद्धि कर, अन्त शुल्क लगायत र अन्य आय विवरण तथा रकम दाखिलाहरुको म्याद सारिएको थियो ।
आन्तरिक राजस्व विभागले मंसिर देखि फागुन सम्मको चौमासिक, मासिक विवरण, अन्य आय विवरण तथा रकमहरु बुझाउन ताकेता सूचना निकालेपछि व्यवसायीहरु चिन्तित भएका छन् ।


















