रुकुमको घटनाले म दुखि बन्दै छु भिडियो सार्वजनिक

311
काठमाडौं – रूकुम घटनामा आधारित ‘रुकुमको घटनाले म दुखि बन्दै छु’ वोलको गीत सार्वजनिक भएको छ । मुलुकका शीर्ष नेता, लोकप्रिय संचारकर्मी तथा चर्चित कलाकारहरुले दोसीलाई कारवाही र पीडितलाई न्याय दिनु पर्ने भन्दै दिएको अभिव्यक्तिलाई समावेश गर्दै तयार पारिएको गीतमा रुकुम घटनाको चित्रण गरिएको छ ।

आयुस परियारको स्वरमा रहेको गीतमा आर के रमेश अर्थात रमेश नेपालीको शब्द रहेको छ । गीतमा संगीत भने राजेश बर्देवाको रहेको छ । जातिय विभेदका कारण मर्नु परेको नवराज र साथीको घटनामा आधारित गीतमा सारङ्गीकाे सुरमामा स्वर मिलाइएर बनेको बनाइएकाले धेरैको मन छुने मात्र नभइ समाजका विभेद र दलित प्रतिको दृष्टिकोण परिवर्तन गर्न सहयोग मिल्ने आशा गरिएको छ ।

गीतको बीचबीचमा घटनाको सत्य तथ्य छानबिन गरि दोसिलाइ कारवाहीको माग गरेका जसपा बरिष्ठ नेता बाबुराम भट्टराई, नेपाली काँग्रेसका नेता गगन थापा, संचारकर्मी रवि लामिछाने, महानायक राजेश हमाल लगायतको भनाइसमेत समाबेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here