अमेरिकामा कमजोर नेतृत्वका कारण कोरोना प्रभावित

98
एजेन्सी – रुसका राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकामा जारी रंगभेदविरुद्धको आन्दोलनमा प्रतिक्रिया जनाएका छन्।

‘अमेरिकामा जे भइरहेको छ त्यसले त्यहाँको गहिरो आन्तरिक संकटलाई संकेत गर्दछ’ पुटिनले रोसिया वान टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा भनेका छन्,‘यसले के देखाउँछ भने त्यहाँ पनि समस्याहरु छन्।’

एएफपीका अनुसार पुटिनले अन्तर्वार्ताका क्रममा आफ्नो देशमा कोरोना भाइरस नियन्त्रणमा आउन लागेको दाबी गर्दै अमेरिकामा भने त्यस्तो नदेखिएको बताएका थिए।

विश्वमा सबैभन्दा बढी कोरोनाबाट प्रभावित बनेको देश अमेरिका हो। अमेरिकापछि ब्राजिल र ब्राजिलपछि रुस कोरोनाबाट अत्यधिक प्रभावित छ।

पुटिनले अन्तर्वार्ताको क्रममा कमजोर नेतृत्वका कारण अमेरिका कोरोनाबाट प्रभावित बनेको पनि जनाएका थिए।

पुटिलने भने,‘अमेरिकामा राष्ट्रपतिले यो गर्नुपर्छ त्यो गर्नुपर्छ भन्छन् तर त्यहाँका गभर्नरले अर्कै गरिदिन्छन्।’

जब अमेरिकामा कोरानाको प्रभाव उच्च थियो। त्यसबेला सबै राज्यका गभर्नरले लकडाउन लागू गरेका थिए। तर ट्रम्पले लकडाउन खुकुलो बनाउनुपर्ने धारणा राख्दा उनको चर्को आलोचना भएको थियो।

रुसमा सरकारले भनेको सबैले मान्ने पुटिनको भनाइ छ। उनी भन्छन्,‘रुसमा मलाई लाग्दैन कसैले सरकारले भनेको मान्दैनौं भन्छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here