जुगेडी किसान विद्रोहको ऐतिहासिकता

333

अनिल शर्मा ‘विरही’
(विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य)

असार ६ गते ऐतिहासिक किसान विद्रोह भएको दिन हो । नयाँ विषय र मुद्दा अगाडि आउने क्रममा नयाँ पुस्ताले पुराना बलिदानका गाथा बिर्सने गर्छन् । तर इतिहास नबुझी वर्तमान बुझ्न सकिन्न । कोरियाली नेता किम इल सुङले आफ्नो आत्मकथा ‘शताब्दीका साथ’ कविको भूमिका लेख्दै हामीले देशको स्वतन्त्रता कत्रो मूल्य चुकाएर प्राप्त गरेका थियौं, नयाँ पुस्तालाई बनाउन’ सानो कृति तयार गरेको जनाएका थिए । इतिहास वैचारिक–भावनात्मक शक्तिको सोच हो । २०३४ साल असार ६ गते तत्कालीन ‘मजदुर–किसान संगठन’को नेतृत्वमा जुगेडी किसान विद्रोह भएको थियो । पुष्पलाल समूहबाट अलग भएका रुपलाल विश्वकर्मा (चितवन) र नारायणमान बिजुक्छे (भक्तपुर)ले सो संगठन गठन गरेका थिए । सो संगठनलाई नयाँ पार्टी निर्माणको तयारी (पूर्वअवस्था) भनिएको थियो । त्यसबेला चरम सामन्ती शोषण थियो । गैंडा गस्तीले थारुको घरमा बन्दुक, गोली, खोका लगेर राखिदिन्थे । मुद्दा भिराएर जग्गा हड्प्थे । बनपालेको ज्यादति त्यस्तै थियो । सुकुम्बासी, भूमिहीनलाई पञ्चायतले उठिबास गराएको थियो । छर्छरे, झुवानी, निप्पनी, सैनिक (हाल क्याम्प) पटिहानी, शुक्रनगर र रामनगर जताततै किसानहरु जनसंघर्षमा थिए । शहरी क्षेत्रमा शिक्षक, विद्यार्थी र मजदुरहरु संघर्षरत थिए ।

२०३४ साल सुरुमा नै पहाडमा अनिकाल लाग्यो । जंगलमा गिठा र भ्याकुर पनि सकिए । भोकभोकै मर्ने अवस्था आयो । त्यस्तो बेला सो पार्टीले ‘भोकले मर्नुभन्दा लडेर मर्ने’ निर्णय ग¥यो । चितवनको पहाडका जनताको मुख्य बजार फिसलिङ, जुगेडी, शक्तिखोर र दमैदार (भण्डारा) थिए । त्यसमा मुख्य बजार जुगेडी थियो । जुगेडीमा धर्मे र सानुलाल नामका सुदखोरहरु थिए । उनीहरुले नै जनतालाई उठिबास गराएका थिए । खाद्यान्न लिन र दिन फरक–फरक माना पाथी प्रयोग गर्थे । चर्काे ब्याज स्याज (चक्रवृत्ति) लिन्थे । उनीहरुको गोदाम कब्जा गर्ने र दण्डित गर्ने योजना बन्यो । असार ५ गते शक्तिखोर नजिक गैरीगाउँमा जनता जम्मा भए । चेपाङ र दलित मुख्य सहभागिता भए पनि जिल्लाका सबै अगुवा कार्यकर्ता भेला भए ।

पहाडै पहाड भएर राति जुगेडीतिर हानियौं । त्यो दिन रातभरि पानी परेको सहभागीहरु अनुभव सुनाउँछन् । बिहान मिर्मिरे हुँदा विद्रोहीहरु जुगेडी बजार पुगिसकेका थिए । महिलाहरुको उल्लेख्य सहभागिता थियो । विद्रोहपछिको एउटा गीतले समयको धेरै कुरा बोल्छ–

थियो नाम धर्मे गरने, सामन्त एक नम्बर

खान्थ्यो खत चुसिचुसि जनताको मान्दैनथ्यो क्यै डर

त्यसले शोषणको विरोध भएन, जुगेडी गर्जी दियो

जुटपानी त्यसको क्रमिक् विकासको संघर्ष मैदानको’

२०३५ सालसम्म नारायणगढ–मुग्लिन सडक बनिसकेको थिएन । गोरेटो खनिंदै थियो । नारायणगढतिरको बाटो बन्द गरियो । घोडे साहु भागेछ । धर्मे साहु र साहुनीलाई बाँधेर लडाए । सो विद्रोहका कमाण्डर नरेश न्यौपाने (शुक्रनगर)को भनाइमा सबै काम योजनाबद्ध थियो । पहिलो सिठ्ठीमा धावा बोल्ने, दोस्रोमा तयार हुने र तेस्रोमा विद्रोह स्थल छोड्ने योजना थियो । नगद, सुन, कपडा, खाद्यान्न बोकेका जनता नारा–जुलुससहित सिमल भञ्ज्याङतिर लागे । सो भञ्ज्याङमा पुगेर सामान बाँडफाँड गरिरहेका बेला नारायणगढबाट आएको प्रहरीले गोली चलायो । घटनास्थलमा नै दशरथ चेपाङ  र सन्तबहादुर चेपाङ मारिए । नन्दबहादुर

चेपाङको जिप्रका चितवनमा यातनाको कारण मृत्यु भयो । सो मुद्दाको पैरवी वरिष्ठ अधिवक्ताद्वय विश्वकान्त मैनाली र सिन्धुनाथ प्याकरेलले गरेका थिए । जुगेडी संघर्षले दिवाकर भुसाल र बैदार तथा क.सुन्दर (आशाखोले माइलो) जस्ता किसान नेता जन्माएको थियो । सो विद्रोहको नेतृत्व रुपलाल विश्वकर्माले गरेका र उनी आफै सहभागी थिए । अर्काे गीत हेरौं–

जुगेडी उठ्यो पहाड गज्र्याे नेपाल थर्कायो

भोका र नांगा जनताले आफ्नो बाटो नै देखायो

भोकले होइन लडेर मर्ने बाटो नै देखाए

जनताले आफ्नो मुक्तिको बाटो त्यही नै देखाए’

जुगेडी संघर्षमा माडीबाट दिवाकर भुसाल, विस्नु तिवारीहरु र निप्पनीबाट क.वैदार (डिगा महतो)ले तथा पहाडबाट क.सुन्दरले नेतृत्व गरेका थिए । जिप्रका चितवनको गतिविधिको निगरानी गर्ने काम विनय पगेनीको थियो । उनलाई साइकल दिइएको थियो । जुगेडी संघर्षले राष्ट्रिय राजनीतिमा ठूलो बहस ल्यायो । तत्कालीन नेकपा (चौम)ले सो संघर्षको चर्काे विरोध गर्याे भने नेकपा (माले)ले समर्थन गरेको थियो । समकालीन क्रान्तिकारी धाराको विरोध नै एमबी सिंहको प्रवृत्ति रहँदै आएको छ।

जुगेडी संघर्षको २ वर्षपछि २०३६ सालमा भरतपुर जेलमा नन्दबहादुर प्रजाको मृत्यु भएको फणिन्द्र आचार्यले जनाएका छन् ।

जुगेडी संघर्षले किसान विद्रोहलाई किसान छापामार लडाइँ हुँदै जनयुद्धको तयारी गर्ने नीति लिएको थियो । नेतृत्वमा दलित र ज्यापु समुदाय थिए । चेपाङ र दलित समुदायको मुख्य सहभागिता थियो । शिक्षक र विद्यार्थीबीच फन्को मारिरहेको कम्युनिष्ट आन्दोलनमा जुगेडी संघर्षले नयाँ बहस ल्यायो । आधारभूत वर्ग र धरातलमा उभिन प्रेरित गर्याे । त्यो सन्देश नै गुजेडी किसान विद्रोहको ऐतिहासिक शिक्षा हो । सो संघर्षपछि ‘जुगेडीको बाटो, जनताको बाटो’ तयार गरियो । क.सुन्दरलाई जसरी पनि मार्ने योजनामा प्रहरी थियो । त्यसलाई क.उत्तमले ‘सुनको पित्त’ कथामा सुन्दर शैलीमा प्रस्तुत गरेका थिए । २०३८ सालमा स.क.लि. (सर्वहारा कम्युनिष्ट लिग)सँग एकता भएर ‘सर्वहारावादी श्रमिक संगठन’ गठन गरेपछि पुरानो नारालाई परिवर्तन गरेर ‘जुगेडीको बाटो, जनता ब्युँझाउने बाटो’ बनाइएको थियो ।

२०४८ सालको महाधिवेशनले नेकपा (एकेता केन्द्र)ले जुगेडी संघर्षलाई ‘किसान दिवस’ घोषणा गरेको थियो । सो संघर्षको ४३औं दिवसको अवसरमा सहिदहरु दशरथ चेपाङ, सन्तबहादुर चेपाङ र नन्दलाल प्रजाप्रति हार्दिक श्रद्धाञ्जली र योद्धाहरुप्रति आदरभाव व्यक्त गर्दछु । [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here