काठमाडाैं – वातारण स्वच्छा सफा हराभरा बनाउनका निम्ति इन्द्र बिनायक क्लबद्वारा गत असार २ गतेदेखि उघान निर्माणमा जुटेका छन् ।
यस क्बलले काठमाडौं महानगरपालिकाे वडा न.१९ स्थित इनाटोल परिसरमा वातावरण स्वच्छ सफा, हराभरा बढाउन साथै प्रदुर्षण मुक्त बनाउने उद्वेश्यले उघान निर्माणमा लागेका हुन् ।
वि.सं. २०६१ साल देखि उक्त क्षेत्रमा क्लबले सरसफाइ तथा संरक्षण गर्दै आइ रहेको भएता पनि वि.सं. २०७१ सालमा पप्पु construction द्वारा सडक पुनः निर्माण अलपत्र पारे पछी फोहरमैलाको डम्पिङ्ग साइटका रूपमा परिणत भएकाे थियाे ।
हाल सडकको पिच भएपछि बगैंचा निर्माण कार्य तिब्र रूपमा बगैचा निर्माण कार्यमा सकृय रूपमा लागि रहेकाे क्लबका अध्यक्षद्वय बिनोद खड्गी जानकारी दिए ।






















