सामाजिक संजालबाट ठगी गर्ने सात पक्राउ

164

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२१ कोहिटी बस्ने झापाभद्रपुर नगरपालिका घर भएका २४ वर्षीय पुकार बर्मा, काठमाडौं टेकु बस्ने काभ्रे घर भएका २२ वर्षीय नविन भण्डारी, काठमाडौं टंकेश्वर बस्ने भारत घर भएका २२ वर्षीय एमडी सर्फराज,काठमाडौं छाउनी बस्ने रौतहट गौर नगरपालिका-१ घर भएका १९ वर्षीय आकाश अग्रवाल,काठमाडौं छाउनी बस्ने रौतहटका १८ वर्षीय एक किशोर, पर्सा वीरगंज महानगरपालिका-२९ घर भएका ३० वर्षीय कृष्ण प्रसाद साह र सोही महानगरपालिका-३२ बस्ने २० वर्षीय सुनिल साह रहेका छन् ।

सामाजिक संजालको दुरूपयोग गरी अनलाईनको माध्यमबाट ४० लाख रुपैयाँ लट्री परेको छ भनि प्रलोभन पारी करोडौं रकम ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट नगद सहित पक्राउ गरेको हो ।

साथै उनीहरुले नेपाल सरकारका उच्च पदस्त अधिकृत लगायत सर्वसाधारण व्यक्तिहरूबाट रकम ठगी गरेको, पीडित व्यक्ति आफू ठगिएको थाहा पाए पश्चात मानसिक रूपमा विच्छिप्त हुने गरेको, पीडित व्यक्तिले लट्री प्राप्त गर्ने आशामा आफ्नो घरजग्गा समेत धितो राखि घरबार विहिन भएको, ठगी गर्ने कार्यमा भारतीय गिरोह समेतको संलग्नता रहेको र करोड भन्दा बढि रकम लिईसकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको    छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here