पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२१ कोहिटी बस्ने झापाभद्रपुर नगरपालिका घर भएका २४ वर्षीय पुकार बर्मा, काठमाडौं टेकु बस्ने काभ्रे घर भएका २२ वर्षीय नविन भण्डारी, काठमाडौं टंकेश्वर बस्ने भारत घर भएका २२ वर्षीय एमडी सर्फराज,काठमाडौं छाउनी बस्ने रौतहट गौर नगरपालिका-१ घर भएका १९ वर्षीय आकाश अग्रवाल,काठमाडौं छाउनी बस्ने रौतहटका १८ वर्षीय एक किशोर, पर्सा वीरगंज महानगरपालिका-२९ घर भएका ३० वर्षीय कृष्ण प्रसाद साह र सोही महानगरपालिका-३२ बस्ने २० वर्षीय सुनिल साह रहेका छन् ।
सामाजिक संजालको दुरूपयोग गरी अनलाईनको माध्यमबाट ४० लाख रुपैयाँ लट्री परेको छ भनि प्रलोभन पारी करोडौं रकम ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट नगद सहित पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

















