आज थपिए १२ जना कोरोना संक्रमित

137

गुल्मी – गुल्मीमा शुक्रबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

जिल्लाको इस्मा गाउँपालिकाका ४ जना, धुर्कोट गाउँपालिकाका ५ जना, र रुरु क्षेत्र गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमित मध्ये दुई जना महिला रहेका छन भने अन्य सबै पुरुषहरु हुन । २० देखि ३५ बर्ष उमेर समुहका उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भईरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here