देशको जनसंख्या तीन करोड नाघ्यो

96
काठमाडौं – नेपालको जनसंख्या तीन करोड नाघेको छ । शुक्रबार तथ्यांक विभागको जनसंख्या घडीमा नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको हो ।
आजबाट नेपालको जनसंख्या ३ करोड छ भन्ने प्रमाणित भएको तथ्याङ्क विभागका सूचना अधिकारी तीर्थराज चौलागाईले जानकारी दिए ।
विश्वव्यापी फर्मुला अनुसार नै तथ्यांक विभागको वेबसाइटमा जनसंख्या घडी राखिएको हो । यसले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको हिसाब गर्ने सूचना अधिकारी चौलागाईले बताए ।
वि.स. २०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५०४ थियो ।
१२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ । नेपालमा प्रत्येक दश वर्षमा जनगणना हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here