करणी अभियोगमा आश्रमका सञ्चालक पक्राउ

90

ललितपुर – अन्नपूर्ण पशुपति आश्रमका सञ्चालक जगदीशलाल वैद्य पक्राउ परेका छन् ।

आश्रमकै एक कर्मचारीलाई जवर्जस्ती करणीको अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरले वैद्यलाई पक्राउ गरेको  हो ।

वैद्यले आश्रमका कर्मचारीलाई जवर्जस्ती करणी गरेको उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंमा परेको थियो । सो उजुरीको आधारमा खोजी भइरहेको बेला उनी ललितपुर क्षेत्रमा रहेको जानकारी पाएपछि महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको एसएसपी टेकप्रसाद राईले बताए ।

उनका अनुसार, आवश्यक कारवाहीका लागि आज नै वैद्यलाई काठमाडौं प्रहरीलाई बुझाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here