गुरुहरूको गुण स्मरण गरि मनाए नेपाल भाषाका विद्यार्थीले गुरुपुर्णिमा

317

काठमाडौं –रत्न राज्य लक्ष्मीका क्याम्पस र पद्यम कन्या क्याम्पसमा अध्ययनरत नेपाल भाषाका विद्यार्थीहरुले ओन्दे स्थित नारायण परिवार क्लबमा संयुक्त रुपमा गुरु पुर्णिमा मनाएका छन् ।

कार्यव्रmममा स्वागत मन्तव्य मनिष कुमार श्रेष्ठले नेपाल भाषाले राष्ट्रिय अस्तित्व बचाएकोले महत्वपूर्ण भाषा भएको उल्लेख गर्दै स्वागत मन्तव्य राख्नु भयो ।

कार्यव्रmममा नेपाल भाषा पुर्नस्थापना अभियानमा सहयोग गर्नु भएका रत्न राज्य लक्ष्मी क्याम्पसका सहायक क्याम्पस प्रमुख गोबिन्द प्रसाद आचार्य, श्रीमिला सुवाल, नानी हेरा प्रजापति, अनुपसिंह सुवाल र पद्यम कन्या क्याम्पसका मदनसेन बज्र्राचार्य तथा नवनियुक्ति क्याम्पस प्रमुख जीवनराम ज्ञवालीलाई सम्मान तथा बधाई शुभकामना दिनु भएको थियो ।

रत्नराज्य लक्षमी क्याम्पसका डा. जीवनधर ज्ञवाली सरलाइ सम्मान पत्र प्रदान गर्दै नेवाः विधार्थी युनियन अध्यक्षाद्य रिदेन महर्जन

सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाद आचार्यले भाषा रहेमा मात्रै हामी रहने कुरा औल्याउदै मातृभाषाको विशेष महत्व रहेका जनाउदै विद्यार्थीहरुको भाषिक आन्दोलनमा आफ्नो साथ रहने धारणा राखे ।

कार्यक्रममा लकडाउनमा  रत्न राज्य लक्ष्मी क्याम्पसकाे पहिलाे अनलाइन कक्षा नेपाल भाषा अध्यापन गराउनु भएका  शिक्षक अनुपसिंह सुवालले विद्यार्थीहरूकाे लामाेसमय पश्चात संर्घषबाट पुनः स्थापना भएकाे नेपाल भाषा विषय उनीहरूकाे  चाहाना बमोजिम एम.ए. तहमा समावेश गराउनेमा क्याम्पस प्रमुखबाट सहयाेग प्राप्त हुने धारणा राखे ।

गुरू पुर्णिमा महिमाकाे चर्चा गर्दै  पद्मम कन्या क्याम्पसका  प्राे मदनसेन बज्राचार्यले  क्याम्पसमा अध्यापन गराउने कुनै पनि विषय १० जना  विधार्थी नभएमा  अध्यापन गराउन नमिल्ने सत्य नभएकाे जनाउदै क्याम्पसकाे विवेकले कक्षा सञ्चालन गर्ने सक्ने जनाए ।

क्याम्पस प्रमुख डा. जीवनधर आचार्यले  अभियान्ताहरूले नेपाल भाषालाई  रोजगारीसित जोडेर अघि बढेमा क्याम्पसमा विद्यार्थीहरुको अभाव नेपाल भाषा बन्द गर्नुपर्ने अवस्था अन्त्य हुने धारणा राख्दै रत्नराज्य लक्ष्मी क्याम्पस पुर्ण रुपमा मानविकी क्याम्पस जनाउँदै  सधैं सबै भाषा संस्कृतिको मानव सभ्यतासितसँग सम्बन्धित विषय अध्ययन अध्यापनमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ठुलो आंगिक क्याम्पस भएकोले दत चित साथ साथदिइरहने जनाउनु भयो । कार्यक्रम  युनियनका महासचिव एवम् सकृय अभियन्ता  प्रशान्त डंगाेलले चलाएका थिए ।

सभाअध्यक्ष रिदेन महर्जनले बि.ए. तहमा मात्र नभई एम.ए. तहमा समेत नेपाल भाषा अध्ययन गर्न चाहने विद्यार्थीहरु  बृद्वि भइरहेकाले अभियानमा सम्पूर्ण मातृभाषानुरागीहरुको सहयाेग  आवश्यक रहेको जनाउदै कार्यव्रmम समापन  गरे ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here